बर्दिबासमा ब्रदरको नि:शुल्क सेवा शिविर तथा एक्सचेन्ज अफर आयोजना हुँदै
ictsamachar.com

काठमाडौं । ब्रदर ब्रान्डका प्रिन्टर प्रयोगकर्तालाई लक्षित गर्दै बर्दिबासमा नि:शुल्क सेवा शिविर तथा एक्सचेन्ज अफर आयोजना हुने भएको छ । वन टेक्नोलोजी प्रा. लि.को आयोजनामा तथा सागर ग्रुपको सहकार्यमा सञ्चालन हुने उक्त सेवा शिविर २०८३ साल असोज १५ र १६ गते बर्दिबास १ औरही रोड, महोत्तरीमा आयोजना हुनेछ ।
दुई दिन सञ्चालन हुने शिविरमार्फत ब्रदरका ग्राहक तथा प्रिन्टर प्रयोगकर्ताले आफ्ना उपकरणको अवस्था जाँच गराउनुका साथै आवश्यक प्राविधिक सेवा र परामर्श लिन सक्नेछन् । साथै, पुराना उपकरणलाई नयाँ उपकरणसँग अपग्रेड गर्ने अवसर समेत प्रदान गरिने आयोजकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)