मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन

corporatenepal.com · Tue Sep 29 01:41:40 GMT 2026

काठमाडौं । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गैर-क्षेत्रीय सदस्य मुलुकतर्फको उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी दोहामा जारी बैंकको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकका क्रममा नेपाललाई आगामी एक वर्षका लागि उक्त जिम्मेवारी दिइएको हो।

बैंकको संगठनात्मक संरचनाअनुसार एक अध्यक्षसहित क्षेत्रीय र गैर-क्षेत्रीय सदस्य मुलुकबाट एक–एक जना उपाध्यक्ष रहने व्यवस्था छ। यसपटक गैर-क्षेत्रीय सदस्य समूहबाट नेपालसँगै आयरल्यान्ड पनि उपाध्यक्षमा चयन भएको छ। वार्षिक बैठकको दोस्रो दिन आयोजित गभर्नर्स बिजनेस राउन्डटेबललाई सम्बोधन गर्दै अर्थमन्त्री डा. वाग्लेले पूर्वाधारमा लगानीमार्फत पुँजी निर्माण गर्नु कम विकसित मुलुकको आर्थिक वृद्धिको प्रमुख आधार भएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)