एसियाली खेलकुदमा अभिषेक र प्रदीपको विजयी सुरुआत
makalukhabar.com · Sun Sep 27 12:15:44 GMT 2026
काठमाडौँ । जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसको पुरुष डबल्सतर्फ नेपालका अभिषेक बास्तोला र प्रदीप खड्काको जोडीले विजयी सुरुआत गरेको छ ।
हिगाशियामा पार्क टेनिस सेन्टरमा आज भएको पुरुष डबल्सको पहिलो चरणको खेलमा बास्तोला र खड्काको जोडीले मङ्गोलियाका बाराख मुन्खबातार र जोल्बदार उर्नुखको जोडीलाई ६–२, ४–६ र १४–१२ अङ्कले पराजित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)