फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
makalukhabar.com · Sun Sep 27 13:52:29 GMT 2026

कास्की । पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा आपत्कालीन तथा शीघ्र उद्धारका लागि उच्च क्षमताको ‘जेटस्की’ उद्धार बोट (डुङ्गा) सञ्चालनमा ल्याइएको छ । फेवातालमा हुन सक्ने सम्भावित दुर्घटना तथा आपत्कालीन अवस्थामा शीघ्र उद्धार गर्ने उद्देश्यले आजदेखि सञ्चालनमा ल्याइएको उक्त बोट प्रतिघण्टा १०५ किमी गतिमा सञ्चालन हुनछ ।
विश्व पर्यटन दिवसको अवसर पारेर उद्धार बोट सञ्चालनमा ल्याइएको हो । संयुक्त अरब इमिरेट्स (युएई)ले विपद् उद्धारका लागि सशस्त्र प्रहरी बललाई उपलब्ध गराएका दुई वटा बोटमध्ये एउटा पोखराको फेवातालमा ल्याइएको सशस्त्र प्रहरी बल, कालिका गण पोखराका गणपति प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)