परराष्ट्र मन्त्रालय भन्छ : राष्ट्रसंघ महासभामा सक्रिय सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि भयो
saralpatrika.com · Sat Sep 26 14:08:57 GMT 2026

काठमाडौँ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले गरेको सम्बोधन तथा महासभाअन्तर्गतका कार्यक्रममा नेपालको सक्रिय सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि र प्रतिष्ठा अभिवृद्धि भएको सरकारले जनाएको छ।
प्रधानमन्त्री शाह महासभामा सहभागी भई शनिबार अपराह्न स्वदेश फर्केका छन्। उनको भ्रमणबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जानकारी दिँदै परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद ढकालले महासभामा नेपालको सक्रिय सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा मुलुकको प्रतिष्ठा अभिवृद्धि भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)