विद्यालय पाठ्यक्रम पुनरवलोकनका लागि के के छन् सुझाव?
saralpatrika.com · Mon Sep 28 06:24:26 GMT 2026

काठमाडौँ। बदलिँदो सामाजिक, आर्थिक र प्रविधिगत परिवेशअनुकूल पाठ्यक्रममा परिमार्जनका लागि सरोकारवालाबीच घनिभूत विमर्श भइरहेको छ। ‘विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप, (एनसिएफ) २०७६’ माथि पुनरावलोकन गर्न नेपाल सरकारले कार्यदलले गठन गरेपछि आम नागरिक र सरोकारवालाबाट विभिन्न माध्यमबाट राय–सुझाव आउने क्रम चलेको छ।
गत वैशाख ११ गते शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा भएको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को ९८औँ बैठकले काठमाडौँ विश्वविद्यालयको ‘स्कुल अफ एजुकेसन’ का तत्कालीन डिन प्राडा बालचन्द्र लुइँटेलको संयोजकत्वमा पाठ्यक्रमको प्रारुप पुनरवलोकन कार्यदल गठन गरेको थियो। शैक्षिक वर्ष २०८० सालदेखि राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ सालको पाँच वर्षे चक्र पूरा भएकाले त्यसमा पुनरवलोकन गर्न लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)