पूर्वप्रधानन्यायाधीश पक्राउ : सरकारको घोर स्वेच्छाचारिता र निरंकुशता
saralpatrika.com · Mon Sep 28 09:11:06 GMT 2026

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रहरीले मध्यरातमा पक्राउ गर्यो। सार्वजनिक खपतका लागि ‘सुरक्षा जोखिम’ र राति नै ‘हमला हुन सक्ने सम्भवना’ भनियो। हाम्रो प्रहरी एक जना विशिष्ट व्यक्तिलाई घरमै सुरक्षा दिन नसक्ने होइन तर ओछ्यानबाट उठाएर प्रहरी कार्यालय नै पुर्यायो।
बहुदलीय लोकतान्त्रिक राज्यप्रणालीमा व्यक्तिगत स्वतन्त्रता सम्मानित स्थानमा हुन्छ। व्यक्तिगत स्वतन्त्रताको सम्मान लोकतन्त्रको पहिलो शर्त हो। नेपालको सन्दर्भमा व्यक्तिगत स्वतन्त्रता मौलिक हक हो। मानवअधिकारको विश्वव्यापी मान्यता र मापदण्डअनुसार व्यक्तिगत स्वतन्त्रताका सीमाहरू संविधानमै किटान छन्, संविधानअनुसार विभिन्न कानुनहरूले व्यवस्थित गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)