इरानसँगको तनाव बढेपछि तेलको मूल्य बढ्यो, विश्व बजारमा दबाब
ajakoartha.com · Mon Sep 28 10:33:00 GMT 2026

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम अस्वीकार गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । तेलको मूल्यमा भएको वृद्धिसँगै विश्वव्यापी मुद्रास्फीति बढ्न सक्ने चिन्ता पनि बढेको छ । यसको असर विभिन्न देशका सेयर बजारमा समेत परेको छ ।
इरानले गत साता संयुक्त राष्ट्रसंघको महासभामा सातदिने युद्धविरामको प्रस्ताव अघि सारेको थियो । उक्त प्रस्ताव कार्यान्वयन भए होर्मुज जलडमरूमध्य पुनः खुल्ने र विश्वव्यापी ऊर्जा आपूर्तिमा देखिएको समस्या केही सहज हुने अपेक्षा गरिएको थियो । विश्वको महत्वपूर्ण ऊर्जा आपूर्ति मार्गका रूपमा रहेको होर्मुज जलडमरूमध्य अहिले अमेरिका र इरानबीचको तनावको महत्वपूर्ण विषय बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)