मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु
sutranews.com · Tue Sep 29 04:51:59 GMT 2026

रौतहट । रौतहटको गौर नगरपालिका९ सिरसियामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको मृत्यु भएको छ । मंगलबार राति गौरबाट हजमिनियातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बीआर २२ एच ६१५९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ७२ वर्षीय नारायण बैठाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि फरार रहेका मोटरसाइकल चालक पर्साको वीरगन्ज घर भई हाल राजदेवी नगरपालिका२ हजमिनियामा बस्दै आएका करिब २२ वर्षीय अमित भगतको खोजी भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)