एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष बन्यो नेपाल
clickmandu.com · Tue Sep 29 02:22:22 GMT 2026

काठमाडौं । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)को उपाध्यक्ष पदमा चयन भएको छ । कतारको राजधानी दोहामा जारी बैंकको गभर्नर परिषद्को ११ औँ वार्षिक बैठकका अवसरमा नेपाललाई आगामी वर्षका लागि गैर–क्षेत्रीय सदस्य मुलुकतर्फको उपाध्यक्ष पदमा चयन गरिएको हो ।
एआइआइबीको सङ्गठनात्मक संरचनाअनुसार एक जना अध्यक्ष तथा क्षेत्रीय र गैर–क्षेत्रीय सदस्य मुलुकबाट एक/एक जना उपाध्यक्ष रहने प्रावधान छ । यसपटक गैर–क्षेत्रीय सदस्य समूहबाट नेपालसँगै आयरल्याण्ड पनि उपाध्यक्षका रूपमा चयन भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)