सेनाको हेलिकोप्टरबाट २८ जनाको उद्धार, बाढीपहिरो प्रभावित क्षेत्रमा राहत र सडक खुलाउने काम जारी
nepalpress.com · Mon Sep 28 14:15:53 GMT 2026

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो तथा डुबान प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज, उद्धार तथा जोखिम न्यूनीकरणको कामलाई तीव्रता दिएको छ।
नेपाली सेनाका अनुसार सेनाको हेलिकोप्टरमार्फत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारबाट १८ जना र वडा नं. ६ धौसेखर्कबाट १० जनालाई उद्धार गरी क्रमशः वडा नं. ६ र वडा नं. ५ को वडा कार्यालयमा सुरक्षित स्थानान्तरण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)