चोलेन्द्रको गिरफ्तारी : मैँमत्त सरकार- निरीह प्रहरी, धारापाटीबाट के मारिँदै थियो धक्का ?
nepalpress.com · Mon Sep 28 13:06:42 GMT 2026

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणालाई सुतेको ओछ्यानमै पुगेर प्रहरीले गिरफ्तार गर्यो । त्यसका चर्चा अनेकौँ अनुमानित कोणमा चले । वास्तविकताभन्दा धेरै टाढा पुगेर टिप्पणी गरिँदा कतिपय काल्पनिक त कतिपय गुह्य यथार्थ उजागर भएका छन् । यद्यपि, उक्त गिरफ्तारी ‘काण्ड’ सरकारको मैँमत्त चेतना र आदेश पालना गर्नुपर्ने बाध्यतामा प्रहरीको शीर झुक्ने गरी लज्जापूर्ण शैलीमा टुङ्गिएको छ ।
न पक्राउ न त रिहाइ- दुवैका कारण खुलेनन् । गिरफ्तारीदेखि रिहाइसम्मको अवधि १२ घण्टाको थियो । यसबीच राष्ट्रिय मानवअधिकार आयोगदेखि नेपालमाथि नजर लगाइरहेका अन्तर्राष्ट्रिय समुदाय छर्लङ्ग हुने गरी देशको शासन र सुरक्षा व्यवस्थापनको चित्र उत्रिएको छ । व्यक्तिको निर्वाध बाँच्न, बोल्न र हिँड्न पाउने मौलिक हकमाथि धावा बोलिँदा सरकार गल्तीको ‘ग’ सम्म उच्चारण गर्दैन । यो सरकार कानुनी शासन चाहन्छ ? कि यस्तै बहुलठ्ठीपूर्ण रवैयामा रमाउँछ ? भन्ने प्रश्न व्यापक बनेको छ । सुदृढ प्रहरी सङ्गठन चाहनेहरु चिन्तित देखिन्छन् । कार्यकारी नेतृत्वको ‘आदेश पालना’ का नाममा प्रहरीले कतिसम्म झुक्नुपर्ने र चुक्नुपर्ने हो- यसको पनि हिसाब गर्नुपर्छ भनेर ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)