बुद्ध फैलाउने सिल्क रोड
nepalpress.com · Tue Sep 29 02:37:12 GMT 2026

बेइजिङबाट गान्सु प्रान्तको तुनहाङ्ग सहरलाई ताकेर उडेको इस्टर्न एयरलाइन्सको विमानमा पाइलटले ल्यान्डिङको सङ्केत (चिनिया भाषामा भएकाले अनुमान गरेको, भाषा नजाने पनि यहाँ धेरै कुराहरू अनुमानकै भरमा पनि चल्ने गर्दछन् ) गरिसकेपछि झ्यालबाट यसो बाहिर हेरेको पुरै सहरले आफूलाई उज्यालो बनाउने प्रयास गरिरहेको थियो । गतिलो हुन कसलाई पो मन पर्दैन र ? नेपालमा भए यस्तो उज्यालो हुने समयलाई हामी दीपावली भन्ने गर्दथ्यौँ ।
सहर झिलिमिली हुनुलाई दीपावली मान्ने हो भने यहाँ हरेक दिन दीपावली हुने गर्दछ । सायद यही भएर होला लक्ष्मीले यो सहरलाई निक्कै माया गरेकी छन् । वर्षमा यही सहरका नाममा २ करोड मानिसहरू घुम्न आउनु सामान्य आर्थिक समृद्धि कसरी भनौँ ? लक्ष्मीको फितलो माया कसरी भनौँ ?
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)