मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिनाउ खोला उर्लियो, टपमझुवाका छ घर बगायो

hamrakura.com · Sun Sep 27 00:00:00 GMT 2026

रुपन्देही । तिनाउको बाढीले बुटवल उपमहानगरपालिका–११ टपमझुवा क्षेत्रका छ घर बगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख जनकबहादुर शाहीका अनुसार बाढीले दुई पक्की र चार कच्ची घर बगाएको हो ।

घरसँगै त्यहाँका सरसामान पनि बगेका छन् । मानवीय क्षति भने भएको छैन । जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । वर्षा रोकिएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)