मर्स्याङ्दी नदीको बहाव गाउँतर्फ, ताल गाउँ डुबानमा, माथिल्लो क्षेत्रसँग सम्पर्क विच्छेद
hamrakura.com · Sun Sep 27 00:00:00 GMT 2026

मनाङ । मनाङको नासोँ गाउँपालिका–१ स्थित तालगाउँमा मर्स्याङ्दी नदीको बहाव गाउँतर्फ पस्दा बस्ती डुबानमा परेको छ । विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएपछि ताल गाउँभन्दा माथिल्लो क्षेत्रसँग सम्पर्क हुन सकेको छैन ।
नासोँ गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङका अनुसार मस्र्याङ्दी नदीको बहाव अस्वाभाविक रूपमा बढेपछि पुल आसपासको क्षेत्रमा पानीको निकास अवरुद्ध भएको थियो । त्यसपछि नदीको बहाव फर्किएर गाउँभित्र पसेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)