भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण बुझाउन निर्देशन
hamrakura.com · Sun Sep 27 00:00:00 GMT 2026

काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले भोटेकोशी नदीमा आएको बाढीका कारण अभिभावकविहीन भएका तथा परिवारसँग सम्पर्क टुटेका बालबालिकाको पहिचान र संरक्षणका लागि विवरण संकलन शुरू गरेको छ ।
कार्यालयले सूचना जारी गर्दै रसुवा र नुवाकोटमा स्थायी घर भई काठमाडौँमा अध्ययनरत तथा बाढीका कारण अभिभावकविहीन भएका वा परिवारजनसँग सम्पर्कविहीन अवस्थामा रहेका बालबालिकाको व्यक्तिगत विवरण (प्रोफाइल) तयार गरी सात दिनभित्र उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)