मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कालीगण्डकीको बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध: पर्वतमा सडक बगायो, फर्सेमा ६६ घर क्षतिग्रस्त

hamrakura.com · Mon Sep 28 00:00:00 GMT 2026

काठमाडौँ। कालीगण्डकी नदीमा आइतबार आएको भीषण बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लाहरूलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मुख्य धमनी मानिने मध्यपहाडी लोकमार्ग विभिन्न स्थानहरूमा अवरुद्ध भएको छ।

बाढीले पर्वतको कुश्मा नगरपालिका अन्तर्गत पर्ने नयाँपुल क्षेत्रमा लगभग १०० मिटर लामो सडक पूर्ण रूपमा बगाएको छ। यसैगरी, पर्वत र बागलुङलाई जोड्ने मालढुङ्गास्थित पुलमा समेत बाढीले क्षति पुर्‍याएपछि त्यस क्षेत्रमा सबै प्रकारका सवारीसाधनहरूको आवतजावत पूर्ण रूपमा बन्द भएको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रहरी नायब निरीक्षक प्रवीण भट्टराईले जानकारी दिएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)