मर्स्याङ्दीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन
hamrakura.com · Mon Sep 28 00:00:00 GMT 2026

काठमाडौँ। अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा बढेको पानीको सतह र बहाव अहिले घटेसँगै लमजुङ जिल्लामा तत्कालका लागि बाढीको ठूलो जोखिम टरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले दिएको जानकारीअनुसार हाल नदीको पानीको सतह क्रमशः घट्दै गइरहेकाले आत्तिहाल्नुपर्ने वा चिन्ता मान्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन्। उनका अनुसार केही दिनअघि नदीमा पानीको बहाव चालू आर्थिक वर्षको असार–साउन महिनामा आएको बाढीपहिरोको तुलनामा दोब्बरजस्तै पुगेको भए पनि अहिले भने अवस्था सामान्यतर्फ फर्किरहेको छ। “अहिले पानीको सतह घट्दै गइरहेको छ। केही दिनअघि असार–साउनमा आएको बाढीपहिरोको तुलनामा दोब्बरजस्तै बहाव देखिएको थियो, अहिले फेरि सामान्यतर्फ फर्किरहेको अवस्था छ,” उनले भनेका थिए, “तत्काल जोखिम छैन। सुरक्षित तरिकाले बस्न सकिने अवस्था छ।”
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)