भूकम्पले क्षतिग्रस्त जाजरकोट दरबारको एक भाग भत्कियो
hamrakura.com · Mon Sep 28 00:00:00 GMT 2026

काठमाडौँ। वि.सं. २०८० कात्तिक १७ गते गएको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त बनेको जाजरकोट सदरमुकाम खलङ्गास्थित ऐतिहासिक जाजरकोट दरबारको एक भाग अन्ततः भत्किएको छ। भूकम्पपछि कमजोर बनेको उक्त दरबार समयमा नै आवश्यक संरक्षण तथा पुनर्निर्माण हुन नसक्दा दिनप्रतिदिन थप जीर्ण बन्दै गएको थियो।
प्राप्त ऐतिहासिक अभिलेखहरूका अनुसार यो महत्त्वपूर्ण जाजरकोट दरबार वि.सं. १८५२ मा तत्कालीन जाजरकोटी राजा इन्द्रनारायण शाहको शासनकालमा निर्माण गरिएको थियो। यो दरबार जाजरकोट जिल्लाको अमूल्य ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक पहिचानसँग सीधा जोडिएको एक प्रमुख सम्पदाको रूपमा रहिआएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)