श्री गणेशको प्रिय दिनमा राशिफल
hamrakura.com · Tue Sep 29 00:00:00 GMT 2026

आजको पञ्चाङ्ग
मिति २०८३ असोज १३ गते मंगलबार, इस्वीसंवत सेप्टेम्बर २९ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन्। वर्षा ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार आश्विनकृष्ण(पितृ)पक्ष चलिरहेको छ। आज आश्विनकृष्ण (पितृ)पक्षको तृतीया तिथि साँझमा ६ः३६ बजेसम्म त्यसपछि चतुर्थी तिथि लाग्नेछ। नक्षत्रमा अश्विनी बिहानमा ११ः२० बजेसम्म त्यसपछि भरणी नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा व्याघात ८ घटि २९ पलासम्म त्यसपछि हर्षण योग लाग्नेछ। करणमा वणिज रहनेछ। आनन्दादि योगमा अमृत रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)