नेपाललाई वर्षाले दियो धोका, खेल रद्द हुँदा बाहिरियो एसिया कपको क्वार्टरफाइनलबाटै
hamrakura.com · Tue Sep 29 00:00:00 GMT 2026
काठमाडौँ । जापानमा जारी बीऔँ संस्करणको आइची-नागोया एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा श्रीलङ्कासँगको खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
नागोयास्थित कोरोगी स्पोर्टस पार्कको मैदानमा आज तय भएको नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण शुरू हुन सकेन । लगातारको वर्षाका कारण टससमेत हुन नसकेपछि खेल रद्द गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । योसँगै सेमिफाइनल पुग्ने नेपालको सपना यसपालि पनि अधुरै रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)