चार गणेश पूजामा महिला
hamrakura.com · Tue Sep 29 00:00:00 GMT 2026

भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका-६ दुवाफल्चा टोलबाट विशेष चार गणेश पूजा शुरू भएको छ । उक्त पूजामा मौलिक पहिरन हाकुपटासीमा स्थानीय महिलाहरू सहभागी भएका छन् ।
मुलकको स्थानीय शान्तिको कामना गर्दै उपत्यकाको चार गणेश क्रमशः भक्तपुरको सूर्यविनायक गणेश मन्दिर, चोभारको जलविनायक, काठमाडौँको मरूटोलस्थित अशोक विनायक र चावहिलको चन्द्रविनायक मन्दिरमा नेवारी भोज चढाई विशेष पूजा गरिने स्थानीय बासिन्दा कृष्णमान प्रजापतीले बताए । रासस
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)