बाढीका कारण सयपत्री हाइड्रोपावरको विद्युत उत्पादन बन्द, प्रसारण लाइनमा क्षति
arthasansar.com · Mon Sep 28 05:06:38 GMT 2026

बागलुङको ताराखोला गाउँपालिकामा रहेको सयपत्री हाइड्रोपावर लिमिटेडको २.५ मेगावाट क्षमताको दरमखोला ‘ए’ जलविद्युत आयोजनाबाट विद्युत उत्पादन बन्द भएको छ। असोज ९ गते आएको बाढीले आयोजनाको संरचना र विद्युत प्रसारण लाइनमा क्षति पुर्याएपछि उत्पादन रोकिएको कम्पनीले जनाएको छ।
कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई पठाएको पत्रअनुसार आयोजनाको स्विचयार्डदेखि नेपाल विद्युत प्राधिकरणको हरिचौर सबस्टेसनसम्मको ३३ केभी प्रसारण लाइनका पोल र तारमा क्षति पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)