चोलेन्द्र पक्राउबारे नेकपाको प्रश्न — के खाएपछि मध्यरातमा जोस र मध्यान्हमा होस आउँछ ?
arthasansar.com · Mon Sep 28 07:14:29 GMT 2026

नेकपाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक युवराज दुलालले विपद्को समयमा जनतालाई राहत दिनुपर्ने सरकारको ध्यान अन्तै मोडिएको भन्दै असन्तुष्टि जनाए। उनले हामी कानुनी राज्यमा छौँ कि गैरकानुनी ? भन्दै प्रश्न गरे। उनले देश अराजकताको बाटोमा हिँडेको आरोप लगाए । उनले यो सरकारमा पाँच वर्षको लागि मात्रै भएको भन्दै सदा–सदाको पेवा जस्तो व्यवहार नगर्न चेतावनी दिए।