एनआईसी एशिया इक्विटी अपर्च्युनिटी फण्डमा ३ दिनमै ८० करोडभन्दा बढीको आवेदन, आकार १ अर्बसम्म पुर्याउन सकिने
arthasansar.com · Mon Sep 28 16:22:26 GMT 2026

एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको एनआईसी एशिया इक्विटी अपर्च्युनिटी फण्डमा निष्काशनको तेस्रो कार्यदिनमै मागभन्दा बढी रकमको आवेदन परेको छ। फण्डमा बुधबार साँझ ५ बजेसम्म ८० करोड रुपैयाँभन्दा बढीको इकाई खरिदका लागि आवेदन परेको क्यापिटलले जनाएको छ।
माग उच्च भएपछि क्यापिटलले इकाई खरिद आवेदन लिने अवधि एक दिनअघि नै बन्द गर्ने भएको छ। यसअनुसार असोज ७ गतेदेखि इकाई बिक्री खुला गरिएकोमा असोज १३ गते बुधबार बैंकिङ समय सकिएपछि आवेदन संकलन बन्द हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)