आजसम्म सेयर किनेकाले यी ४ कम्पनीको लाभांश पाउने
arthasansar.com · Tue Sep 29 04:28:59 GMT 2026

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत चार कम्पनीको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नबिल बैंक, गरिमा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १४ गते बुकक्लोज गर्दैछन् ।
त्यसैले असोज १३ गतेसम्म सेयर कारोबार गरी कायम हुने लगानीकर्ता मात्र सम्बन्धित कम्पनीको प्रस्तावित लाभांश र साधारणसभामा सहभागी हुने अधिकारका लागि योग्य हुनेछन् । रिलायन्स स्पिनिङ मिल्सले सबैभन्दा बढी ३० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले करिब ५७ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै, गरिमा विकास बैंकले कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)