बाढी-पहिरोले १ हजार २९२ मेगावाटका आयोजना प्रभावित, भोटेकोशी बाढीले करिब ७४ अर्बको क्षति
arthasansar.com · Mon Sep 28 11:53:53 GMT 2026

लगातार ४ दिन अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण १ हजार २९२ मेगावाट क्षमताका जलविद्युत आयोजनामा क्षति पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार बाढीका कारण १ हजार २९२ मेगावाट क्षमताका विद्युत् आयोजना प्रभावित भएका छन् ।
नेपाल विद्युत प्राधिकरणले बाढी पहिरोका कारण प्रभावित जलविद्युत् आयोजना, प्रसारण तथा वितरण संरचना पुनःस्थापनाको काम तीव्र रूपमा अगाडि बढाउँदै विद्युत आपूर्तिलाई व्यवस्थित एवम् सन्तुलित बनाउने कार्यमा अगाडि बढेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीका कारण केही आयोजना उत्पादन गर्न सक्ने अवस्थामा रहे पनि प्रसारण संरचनामा क्षति पुगेका कारण विद्युत् प्रणालीमा जोडिन सकेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)