सेबोन, नेप्से, सिडिएससहित सरोकारवालालाई बोलाएर पूँजी बजारबारे छलफल गर्दै अर्थ समिति
arthasansar.com · Mon Sep 28 14:53:30 GMT 2026

सङ्घीय संसद् प्रतिनिधिसभाको अर्थ समितिले नेपालको पूँजी बजारलाई व्यवस्थित, पारदर्शी, विश्वसनीय तथा लगानीमैत्री बनाउने विषयमा सरोकारवालासँग छलफल गर्ने भएको छ।
समितिको ३३औँ बैठक आगामी असोज १४ गते बुधबार बिहान ८ः३० बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने भएको हो। बैठकमा धितोपत्र निष्काशन, सूचीकरण, बजार सञ्चालन तथा नियमन र लगानीकर्ताको हित संरक्षणलगायतका विषयमा छलफल गर्ने कार्यसूची तय गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)