बन्द भएका लमजुङका दुई ठूला जलविद्युत् आयोजना पुनः सञ्चालनमा, १२० मेगावाट उत्पादन सुरु
arthasansar.com · Mon Sep 28 15:14:44 GMT 2026

मर्स्याङ्दी नदीको बहाव बढेपछि रोकिएको लमजुङका दुई जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पुनः सुचारु भएको छ। मध्यमर्स्याङ्दी र माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाले नदीको अवस्था सामान्य बनेसँगै उत्पादन थालेका हुन्।
यी दुई आयोजनाबाट कुल १२० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ। ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दीले सोमबार दिउँसोबाट उत्पादन थालेको हो भने ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ ले सोही दिन बिहान ११ः५० बजेदेखि विद्युत् उत्पादन पूर्ण रूपमा सुचारु गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)