कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता र भविष्य निर्माण सम्बन्धी मार्गदर्शन
arthasansar.com · Tue Sep 29 04:28:23 GMT 2026

कामना सेवा विकास बैंक लिमिटेडले सर्वोदय इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुल, दमकमा, विद्यालयको सर्वाेदय बाल क्लबद्वारा आयोजित ‘सर्वोदय चौतारी’ अन्तर्गत “प्रेरक व्यक्तित्वसँग बालबालिका” कार्यक्रममा, कक्षा ९ र १० का करिब १५० जना विद्यार्थीहरूका लागि वित्तीय साक्षरता, जीवन उपयोगी सीप, लक्ष्य निर्धारण तथा भविष्यको मार्गदर्शन सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा कामना सेवा विकास बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले विद्यार्थीहरूसँग जीवन उपयोगी सीप, आत्मअनुशासन, निर्णय क्षमता, समय व्यवस्थापन तथा चुनौतीको सामना गर्ने तरिकाबारे प्रस्तुती दिएका थिए । उनले शैक्षिक ज्ञानसँगै व्यवहारिक जीवनमा आवश्यक सीप विकास गर्नु भविष्य निर्माणको महत्वपूर्ण आधार रहेको बताए । त्यसै गरी, बैंकका ब्रान्डिङ÷सीएसआर तथा मार्केटिङ प्रमुख सुशील पौडेलले लक्ष्य निर्धारण, भविष्यको दिशा तथा उचित मार्गदर्शनका विषयमा प्रकाश पारेका थिए । उनले विद्यार्थीहरूलाई आफ्नो रुचि, क्षमता र प्राथमिकता पहिचान गरी स्पष्ट लक्ष्य तय गर्न, त्यसलाई चरणबद्ध योजनामा रूपान्तरण गर्न तथा निरन्तर सिकाई र आत्ममूल्याङ्कन मार्फत लक्ष्य तर्फ अघि बढ्न प्रेरित गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)