अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टको न्यानो कपडा तथा शैक्षिक सामग्री
arthasansar.com · Tue Sep 29 04:30:31 GMT 2026

शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता भएका विद्यार्थीहरूलाई न्यानो कपडा, स्कुल ब्यागसहित विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ । एक कार्यक्रममार्फत केन्द्रमा रहेका विद्यार्थीहरूको अध्ययन तथा दैनिक जीवनलाई थप सहज बनाउने उद्देश्यका साथ आवश्यक सामग्रीहरू हस्तान्तरण गरिएको हो ।
करिब ६ महिनाअघि विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा रोल्पा नगरपालिका–१०, धाङ्सी निवासी विशेष क्षमता भएका बालक सन्देश बुढा मगरको प्रेरणादायी संघर्षको कथा सार्वजनिक भएको थियो । जन्मजात दुवै हात नचल्ने अवस्थाका बाबजुद खुट्टाको सहारामा लेख्दै अध्ययनलाई निरन्तरता दिइरहेका सन्देशको समाचार सार्वजनिक भएपछि शिवम् सिमेन्ट्स लिमिटेडले उनको शिक्षालाई निरन्तरता दिन पहल गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)