विद्युत् महसुल तिर्न काउन्टर धाउनुपर्ने बाध्यता हट्दै
reportersnepal.com · Tue Sep 29 04:58:20 GMT 2026

तुलसीपुर (दाङ), १३ असोज । नेपाल विद्युत् प्राधिकरणको तुलसीपुर वितरण केन्द्रले महसुल काउन्टर पूर्ण रूपमा बन्द गर्ने भएको छ ।
आगामी मङ्सिर १ गतेदेखि भौतिक काउन्टर बन्दगरी अनलाइनमार्फत विद्युत् महसुल भुक्तानी गर्नेगरी आवश्यक व्यवस्था मिलाइने केन्द्र प्रमुख सुरेशकुमार महतोले बताए । उनका अनुसार सरकारको डिजिटल नेपालको अवधारणा तथा नेपाल विद्युत् प्राधिकरणको आर्थिक वर्ष २०८३/८४ को नीति र निर्देशनअनुसार ग्राहक सेवालाई प्रभावकारी बनाई २४ घण्टा अनलाइन भुक्तानीको व्यवस्था मिलाइनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)