परराष्ट्रमन्त्री खनाल र राष्ट्रसंघीय महासभाका अध्यक्षबीच के भयो कुराकानी ?
barnanmedia.com · Tue Sep 29 05:16:03 GMT 2026

न्युयोर्क। परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अध्यक्ष डा. खलिलुर रहमानबीच द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री खनालले न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा अध्यक्ष डा. रहमानसँग भेटवार्ता गरेका हुन्।
भेटका क्रममा मन्त्री खनालले डा. रहमानलाई महासभाको अध्यक्ष पद सम्हालेकोमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे। सो अवसरमा उनले राष्ट्रसंघका साझा लक्ष्यहरू हासिल गर्न नेपालका तर्फबाट पूर्ण सहयोग र सहकार्य रहने प्रतिबद्धता समेत जनाए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)