आकाशे बिम्ब र जमिनी यथार्थमा गगनलाई छामी हेर्दा
ratopati.com · Tue Sep 29 05:19:56 GMT 2026

‘बहानाबिना’, ‘जेनजी’, ‘एक रुपैयाँको पनि तलमाथि स्वीकार्य छैन’ भनेका थिए गगन थापाले। शब्दमा गगन थापा जति चोखा देखिन्छन्, कर्ममा त्यति नै धमिलो बाटो हिँडेका छन्। र, यही अन्तरले आज नेपाली कांग्रेसलाई इतिहासकै कमजोर अवस्थामा पुर्याएको छ।
१४औँ महाधिवेशनमा ६४.५७ प्रतिशत मतले महामन्त्री निर्वाचित हुँदा थापाले चार वर्षभित्रै अर्को महाधिवेशन गर्ने वाचा गरेका थिए– ‘बहानाबिना’। मंसिर २०८२ भित्र महाधिवेशन गर्ने भनी फागुन २०८० को महासमितिले तालिका पनि पारित गर्यो, तर पुस २०८१ सम्म तल्ला निकायका अधिवेशन नै अघि बढेका थिएनन्। यसको एउटा मूल कारण थियो– क्रियाशील सदस्यता विवाद। लामो समयसम्म यो विवाद टुङ्गिनै सकेन।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)