चोलेन्द्र पक्राउ बारे न्यायाधीश समाजको आपत्ति
nepalsamaya.com · Tue Sep 29 05:19:29 GMT 2026

काठमाडौं- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरी नियन्त्रणमा लिइएको घटनाप्रति न्यायाधीश समाज, नेपालले आपत्ति जनाएको छ।
समाजले सुरक्षा खतराको कारण देखाएर नियन्त्रणमा लिने प्रक्रिया स्वाभाविक र प्रचलित कानुनअनुरूप नभएको जनाएको छ। समाजले कसैलाई सुरक्षा खतरा भए राज्यले उसको निवास वा उसले रोजेको स्थानमा सुरक्षा उपलब्ध गराउनुपर्ने उल्लेख छ। जबरा राज्यले उपलब्ध गराएको सुरक्षाकर्मीसहित आफ्नै निवासमा रहेको र आवश्यक परे सुरक्षाकर्मी थप्न सकिने अवस्था हुँदाहुँदै उनलाई जबर्जस्ती प्रहरी कार्यालय, त्यसमा पनि अपराध अनुसन्धान कार्यालयमा लगिएकोप्रति समाजले प्रश्न उठाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)