राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय र डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेस
ratopati.com · Tue Sep 29 05:28:37 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभामा दुई विधेयक पेस भएका छन् । प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ र ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ पेस गरेकी हुन् ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ पेस गरे । विधेयक पेस गर्नुअघि दुवै मन्त्रीले पेस गर्न अनुमति माग्ने प्रस्ताव पेस गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)