गुडिरहेको ३० यात्रु यात्रु सवार बसमाथि खस्यो ढुंगा
sutranews.com · Tue Sep 29 05:29:07 GMT 2026

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका१, चोरखोलामा गुडिरहेको यात्रुवाहक बसमाथि ढुंगा खस्दा ४ जना घाइते भएका छन् । मंगलबार ३० यात्रु सवार सु.प.प्र.०१००१ ख ३७३० नम्बरको बसमाथि ढुंगा खस्दा घाइते भएका ४ जनाको भालुवाङ अस्पताल दाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चितवनबाट बर्दियातर्फ जाँदै उक्त बसमाथि ढुंगा खस्दा चार यात्रु सिटमा च्यापिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)