नबिल बैंकको १ लाख ३३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
aarthiknews.com

काठमाडौँ । नबिल बैंक लिमिटेडको १ लाख ३३ हजार ६०८ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। बैंकका एक संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको उक्त सेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो।
बैंकको सञ्चालक समितिले आवश्यक प्रक्रिया पूरा गरी उक्त सेयर बिक्री गर्ने निर्णय गरेको जनाएको छ। संस्थापक सेयर बिक्री गर्दा बैंकका विद्यमान संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्थाअनुसार हाललाई उनीहरूबाट खरिद आवेदन माग गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)