कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट ३५ करोड राजश्व सङ्कलन
kendrabindu.com · Tue Sep 29 05:34:57 GMT 2026

कर्णाली । कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२र८३ मा ३५ करोड बढी राजस्व सङ्कलन गरिएको छ । कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतका सुर्खेत, जुम्ला र रुकुमपश्चिम यातायात कार्यालयबाट ३५ करोड आठ लाख ४३ हजार ५९० राजस्व सङ्कलन गरिएको हो । जिल्लागत रूपमा सबैभन्दा बढी राजस्व यातायात व्यवस्था कार्यालय सुर्खेतबाट रु २९ करोड ५६ लाख नौ हजार ४१० राजस्व सङ्कलन भएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार बमले जानकारी दिए ।
त्यसैगरी, जुम्लाबाट करिब रु दुई करोड र रुकुमपश्चिमबाट तीन करोड ५७ लाख ९१ हजार ६५० राजस्व सङ्कलन भएको उनले बताए । उनका अनुसार राजस्व सङ्कलनको मुख्य आधार सवारीसाधन कर रहेको र कुल राजस्वमध्ये सवारीसाधन करको योगदान ८७.४६ प्रतिशत रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)