द्वन्द्वपीडितलाई छिटो न्याय दिलाउन सुझाव
gorkhapatraonline.com · Tue Sep 29 05:11:58 GMT 2026

वीरेन्द्रनगर नगरपालिका–१० की दीपा वलीलाई बेपत्ता पारिएको २३ वर्ष भयो । आफन्तका अनुसार २०६० साल साउन २३ गते वीरेन्द्रनगरस्थित इत्राम स्कुलबाट घर फर्कंदै गर्दा उहाँलाई नेपाली सेनाले अपहरण गरी छिन्चुमा राखेका थिए ।
द्वन्द्वकालमा सेनाले लगेकी दीपाको दुई दशकसम्म अत्तोपत्तो छैन । उहाँका परिवारले दीपाको खोजी गर्न भने छोडेका छैनन् । उहाँ कक्षा ८ पढ्दै हुनुहुन्थ्यो । छोरीको खोजी गर्दागर्दै उहाँका बुवा र आमाले यो संसार छोडिसक्नुभएको छ । अझै पनि उहाँका भाइ ऋषि वली दिदीको खोजीका लागि न्यायालय धाउन छोड्नुभएको छैन । दीपाको सरकारी पक्षबाटै बेवास्ता गरिँदा अहिलेसम्म वास्तविक जानकारी हुन नसकेको भाइ ऋषि बताउनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)