वैकल्पिक मार्गको व्यवस्थापन हुँदै
lokaantar.com · Sat Sep 03 01:30:06 GMT 2022
वैकल्पिक मार्गलाई व्यवस्थित बनाई हल्का सवारी साधनको आवतजावतमा सहज बनाउन उत्तरगया गाउँपालिकाले बनुवा सडकको मर्मत कार्य सुरू गरेको छ ।
बनुवा घुम्तीबाट ठूलोबनुवा, हुर्रेडाँडा, चौकेटार हुँदै बोगटीटारसम्म करिब चार किमी दूरीको ग्रामीण सडक सञ्चालनको लागि दुई स्थानमा धमाधम ग्याबिन भर्ने काम अगाडि बढाइएको हो । ढाडे र गुहेखोलाको असहज स्थानमा ग्याबिन पर्खाल लगाउने काम ८० प्रतिशत पूरा भइसकेकाले ग्रामीण सडकको सतहमा ग्राबेल भर्न गाउँपालिकाको डोजर तथा टिपर तयारी अवस्थामा राखिएको उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)