बीमा प्राधिकरणको विशेष कार्यविधि — रसुवा बाढी प्रभावित बीमितका लागि सहज व्यवस्था, ५० प्रतिशत अग्रिम भुक्तानी गर्नुपर्ने
arthasansar.com · Tue Sep 29 05:38:48 GMT 2026

नेपाल बीमा प्राधिकरणले रसुवा बाढीबाट प्रभावित बीमितका लागि सहज व्यवस्था ल्याएको छ । प्राधिकरणले विशेष कार्यविधि जारी गर्दै छिटो छरितो रुपमा भुक्तनी गर्ने व्यवस्था मिलाउन भनेको हो ।
प्राधिकरणले गत भदौ १० गते रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लामा आएको विनाशकारी बाढीबाट क्षति भएका बीमितहरूको हितलाई ध्यानमा राख्दै यस्तो कार्यविधि जारी गरेको जनाएको छ । प्राधिकरणले सञ्चालक समितिबाट स्वीकृत “रसुवा बाढी दाबी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि, २०८३” मार्फत पाँच लाख रुपैयाँसम्मको दावी सर्भेयर बिना नै बीमा कम्पनी आफैले भुक्तानी गर्न सक्ने गरी सुविधा प्रदान गरिएको छ । उक्त कार्यविधि आजैबाट लागू भएको छ । सो कार्य विधि अनुसार अब बाढीबाट प्रभावितहरूले आफ्नो बीमा दाबी सरल र द्रुत प्रक्रियाबाट पाउने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)