जापानको अनौठो व्यवसायले खिच्यो विश्वको ध्यान, भाडामै पाइन्छन् श्रीमान्-श्रीमती, आमाबुवा र साथी !
barnanmedia.com · Tue Sep 29 05:31:40 GMT 2026

जापानमा पैसा तिरेर केही समयका लागि परिवारका सदस्य, आमाबुवा, साथी वा अन्य नजिकका व्यक्तिको भूमिका निभाउने मानिस भाडामा लिन सकिने अनौठो सेवा वर्षौंदेखि सञ्चालनमा छ। यस्तो सेवा आवश्यक परेको बेला कार्यक्रममा साथ दिन, परिवारका सदस्यको भूमिका निभाउन वा केवल कुरा गर्न र समय बिताउनका लागि प्रयोग गरिन्छ।
यस्ता सेवामा ग्राहकले आफ्नो आवश्यकताअनुसार आमाबुवा, दाजुभाइ, दिदीबहिनी, साथी वा अन्य सम्बन्धको भूमिका निभाउने व्यक्ति छान्न सक्छन्। कतिपयले विवाह, अस्पताल वा सामाजिक कार्यक्रममा साथ दिन यस्ता व्यक्तिलाई बोलाउँछन् भने कतिपयले एक्लोपन कम गर्न वा मनको कुरा सुनिदिने साथीका रूपमा सेवा लिन्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)