धादिङमा ६ वटा सवारीसाधन एकआपसमा ठोक्किए
nepalsamaya.com · Tue Sep 29 05:45:17 GMT 2026

धादिङ- धादिङको धुनिबेशी नगरपालिका–६, मितेरी टोलस्थित पृथ्वी राजमार्गमा छ वटा सवारीसाधन एकआपसमा ठोक्किएका छन्। दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अगाडिको गाडीले अचानक ब्रेक लगाएपछि पछाडिका सवारीसाधन समयमै रोक्न नसक्दा श्रृंखलाबद्ध दुर्घटना भएको हो। तेल बोकेको ट्याङ्करले आफ्नो लेन मिच्दा पछाडिको ट्रकमा समेत क्षति पुगेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)