कांग्रेस महाधिवेशन प्रतिनिधिमा विनोद चौधरी सर्वसम्मत
sutranews.com · Tue Sep 29 05:48:00 GMT 2026

काठमाडौं । अर्बपति तथा उद्योगी विनोद चौधरी कांग्रेस महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् । नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट उनी महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका हुन्। उनी मधेशी कलस्टरबाट महाधिवेशन प्रतिनिधि चयन भएका हुन्। गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनबाट उनी केन्द्रीय सदस्य चयन भएका थिए । २०७८ मंसिरम्म भएको १४औँ महाधिवेशनमा चौधरी केन्द्रीय सदस्य निर्वाचित भएका थिए। २०७९ मा नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी २०६४ र २०७४ मा समानुपातिकतर्फबाट सांसदसमेत भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)