त्रिशूली बजारमा बाढीले पुरेको घरबाट फेला परेको सुनचाँदी र नगद सम्बन्धित व्यक्तिलाई हस्तान्तरण
corporatenepal.com · Tue Sep 29 05:40:44 GMT 2026

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि निरन्तर खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीले नुवाकोट जिल्लाको विदुर नगरपालिका-१ त्रिशुली बजारस्थित स्थानीय अनुज जोशीको घरबाट सुन, चाँदी र नगद फेला पारेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १९ गुल्म नुवाकोटबाट खटिएको टोलीले बाढीमा पुरिएको घरबाट अन्दाजी १५ तोला सुन, ६ तोला चाँदी र नगद चार लाख रुपियाँ फेला पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)