पछिल्लो चार दिनको वर्षामा ५४२ विपद्का घटना, २७ जनाको मृत्यु : चार बेपत्ता, आठ घाइते
aarthiknews.com

काठमाडौँ । पछिल्लो चार दिनको भारी वर्षासँगै देशभर ५४२ वटा विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)का अनुसार असोज ८ देखि ११ गतेसम्म भएका ती घटनामा २७ जनाको मृत्यु, चार जना बेपत्ता र आठ जना घाइते भएका छन्।
विपद्बाट एक हजार ८२ परिवार प्रभावित भएका छन् भने ११४ वटा पशुचौपाय क्षति भएको प्राधिकरणले जनाएको छ। यस अवधिमा पहिरो, बाढी र भारी वर्षासँग सम्बन्धित घटना धेरै भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)