यात्रुवाहक बसमाथि जब ढुंगा खस्यो…
himalpress.com · Tue Sep 29 05:38:44 GMT 2026

काठमाडौँ- कपिलवस्तुको शिवराज नगरपालिका–१, चोरखोलामा गुडिरहेको यात्रुवाहक बसमाथि ढुंगा खस्दा ४ जना घाइते भएका छन्।
मंगलबार ३० यात्रु सवार सु.प.प्र.०१–००१ ख ३७३० नम्बरको बसमाथि ढुंगा खस्दा घाइते भएका ४ जनाको भालुवाङ अस्पताल दाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ।