बहत्तर वर्षपहिलेको त्यो बाढी
gorkhapatraonline.com · Tue Sep 29 05:46:55 GMT 2026

हामीले पछिल्लो एक शताब्दीमा नेपालमा भएका विपत्तिका घटनालाई हेर्यौँ भने सबैभन्दा ठूलो विपत्ति १९९० सालको महाभूकम्पलाई मानिन्छ तर त्यस महाभूकम्पभन्दा पनि महाविपत्तिका रूपमा भोटेकोशी–त्रिशूलीमा आएको बाढीलाई मान्न सकिन्छ । नेपालमा बाढीले पटक पटक जनधनको ठूलो विनाश निम्त्याएको इतिहास छ ।
आजभन्दा १२४ वर्षअगाडि अन्तर्राष्ट्रिय सञ्चार माध्यममा काठमाडौँ उपत्यकाको भयङ्कर बाढी पहिरोको समाचार छापिएको थियो । विसं १९५९ भदौ (सन् १९०२ अगस्त) मा लगातारको वर्षाले बागमती र विष्णुमती नदीमा आएको बाढी तथा पहिरोका कारण सयौँले ज्यान गुमाएका थिए । त्यतिबेला बाढीले बगाएर सयौँ मानिसले ज्यान गुमाउनु सामान्य घटना थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)