निर्विरोध कांग्रेस महाधिवेशन प्रतिनिधि चुनिए ज्ञानेन्द्रबहादुर कार्की
sutranews.com · Tue Sep 29 05:58:19 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता ज्ञानेन्द्रबहादुर कार्की निर्विरोध महाधिवेशन प्रतिनिधि छानिएका छन्। मंगलबार सुनसरीको लौकहीमा भएको क्षेत्रीय अधिवेशनबाट खस आर्यतर्फ निर्विरोध महाधिवेशन प्रतिनिधि चुनिएको निर्वाचन अधिकृत दामोदर दाहालले बताए। यसअघि नेता कार्कीको निर्वाचन क्षेत्रअन्तर्गतको बराहक्षेत्र १० नम्बर वडाबाट निर्विरोध क्षेत्रीय प्रतिनिधि बनेका थिए। केन्द्रीय राजनीतिमा प्रभावशाली छवि भएका कार्की आफ्नो क्षेत्रमा अभिभावकीय नेता मानिन्छन्। त्यसकारण उनलाई निर्विरोध महाधिवेशन प्रतिनिधि चयन गरिएको कार्यकर्ताको भनाई छ। कार्की पटकपटक मन्त्री समेत भइसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)